सुखड । कैलालीको  घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी  बहुमुखी क्याम्पसमा  प्रेस क्लब गठन गरिएको छ । स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरूले आज ‘जिएमसि प्रेस क्लब’ गठन गरेका हुँन । 

क्लबको अध्यक्षमा भिम बहादुर बिक चयन भएका छन । उपाध्यक्षमा ललिता साउद र अनिता चौधरी, सचिवमा भक्त बिक  र कोषाध्यक्षमा लिलावती अवस्थी सर्वसम्मत चयन भएका हुन् । घोडाघोडी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयका  स्नातक तहका सम्पूर्ण विद्यार्थीहरू क्लबका सदस्य रहने जनाइएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीको अध्यक्षता सम्पन्न कार्यक्रममा आमसञ्चार तथा पत्रकारिता विषयका उपप्राध्यापक बालुराम जाेशी सहित घोडाघोडी बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विध्यार्थीहरूकाे उपस्थिति रहेको थियाे  ।