बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मिलन तथा धार्मिक पर्यटकीय तीर्थ मेला सञ्चलन हुने भएको छ । बर्दगोरिया गाउँपालिका  वडा नम्बर ६ को आर्थिक सहयोगमा राम जानकी सेवा समाज भक्तिनीया अस्थान तीर्थ मेला व्यवस्थापन समितिले आगामी माघ १ गते  मेलाको आयोजना गर्न लागेको हो ।  

बर्दगोरिया ६ मा रहेको राम जानकी मन्दिर परिसरमा मेला सञ्चालन हुनेछ । धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन एवं आपसी सद्भभावका लागि मेलाको आयोजना गर्न लागेको मेला व्यवस्थापन समितिका अध्यक्ष राज कठरियाले बताएका छन् ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने जनाइएको  छ ।  साथै थारु समुदायका परिकार, कला, संस्कृति र मौलिकता झल्काउने भेषभुषामा नृत्य र पञ्चेबाजा सहितको झाँकीहरू, थारु पौराणिक लोक सांस्कृतिक कार्यक्रम एवं देउडा र दोहोरी गीत समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।