बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ स्थित सुगरखालमामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी सेवा समाजको आयोजनामा भएको माघी मेला सम्पन्न भएको छ ।
राम जानकी सेवा समाज मुल ब्यवस्थापन समिती संयोजक राज कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपस्चिम प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरिले राम जानकी सेवा समाजलाई पर्यटन क्षेत्रका रुपमा स्थापित गर्न प्रदेश सरकारको सहयोग रहने बताए । साथै उनले बर्दगोरिया ६ सुगरखाल र घोडाघोडी नगरपालिका ३ चौरट्ठी जोड्ने काडा नदिमा पक्की पुलका लागी आफू र क्षेत्र नम्बर ३ का सान्सद गगा चौधरी लागि रहेको र छिट्टै काम सुचारु हुने समेत बताएका छन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले बर्दगोरिया ६ मा रहेको राम जानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवर्द्धनका साथै आपसी सद्भभावका लागि माघी मिलन सास्कृतिक कार्यक्रम तथा तिर्थ मेलाको आयोजना गरेको बताए ।
६ दिन सम्म संचालन भएको मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै विभिन्न झाकी तथा नृत्यहरु समेत प्रस्तुत गरिएका थिए । मेलामा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेषभुषा,नृत्य र पंचे बाजासहितको, झाँकीहरु, थारु पौराणिक लोक सास्कृतिक कार्यक्रमका साथै देउडा र दोहोरी गीतको समेत रहेका थिए ।
मेलामा हनुमान मम्दिर,कैलेस्वर बाबा मन्दिर, राम जानकी मन्दिर, नवनिर्मित झोलुंगे पुल तथा बोटिङ्ग मुख्य आकर्षक रहेका थिए ।