कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ मा रहेको सुनौलो सामुदायिक वन उपभोक्ता समिति सामुदायिक वनले वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोशमा जम्मा गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ काे उपदफा २ ‘ख’ तथा मोहन्याल गाउँपालिकाको वन ऐन २०७८ र कार्यपालिकाको २०८० पौष २४ गतेको बैठकको निर्णय अनुसार सामुदायिक वनले रकम जम्मा गरेको हो । वनले १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोशमा जम्मा गरेको सुनौलो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुरेन्द्र जैशीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को पौष मसान्तसम्म भएको ९ लाख ८५ हजार जम्मा कारोबार बाट हुन आउने १० प्रतिशत रकम बराबर रु ९८ हजार पाँच सय रुपैयाँ मोहन्याल गाउँपालिकाको स्थानीय सरकार सञ्चित कोशमा जम्मा गरिएको जनाइएको छ । 

मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले पनि सुनौलो सामुदायिक वनले संघीयताको मर्म अनुसार स्थानीय सरकार सञ्चित कोशमा वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम जम्मा गरेको मा सामुदायिक वन उपभोक्ता समुहका धन्यवाद व्यक्त गरेका छन् ।